शुक्रबार, मंसिर ६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

रोकिएनन् केन

बुधबार, फागुन २८, २०८१खेलपाटी संवाददाता
रोकिएनन् केन
Classic Tech Internet Ad

काठमाडौं। ह्यारी केनले एक गोल र असिस्ट गरेपछि बायर लेभरकुसेनलाई २–० ले पराजित गर्दै बायर्न म्युनिख च्याम्पियन्स लिग क्वार्टरफाइनलमा प्रवेश गरेको छ। समग्रमा बायर्न ५–० ले विजयी भएको हो। अब बायर्न अर्को महिना इन्टर मिलानसँग भिड्नेछ।

केनले पछिल्लो साता पहिलो लेगमा दुई गोल गरेका थिए। दोस्रो लेगमा उनले ५२औं मिनेटमा जोशुआ किम्मिचको पासलाई उपयोग गर्दै ट्याप–इन गोल गरे। योसँगै उनी च्याम्पियन्स लिगको एकै सिजन १० गोल गर्ने पहिलो इङ्ग्लिस खेलाडी बनेका छन्।

‘हामीले सुरुदेखि नै आक्रामक खेल खेल्ने योजना बनाएका थियौं। मौका सिर्जना गर्यौं र पहिलो हाफमै खेल आफ्नो पक्षमा लियौं। दोस्रो हाफमा उनीहरू आक्रमणमा आउने प्रयासमा थिए। तर, हामीले सजिलै दबाबमा पार्न सफल भयौं,’ केनले खेलपछि भने।

७१औं मिनेटमा केनले वन–टच असिस्ट गर्दै अल्फोन्सो डेभिसलाई दोस्रो गोलका लागि सेट अप गरे। योसँगै बायर्नको जित सुनिश्चित भयो। पहिलो लेगमा ३–० को हार खेपेको लेभरकुसेन यस खेलमा पुनरागमन गर्ने योजनामा थियो। तर, महत्त्वपूर्ण खेलाडी फ्लोरियन विर्ट्ज घाइते भएपछि टोली कमजोर देखियो।

बायर्नले खेलको अन्त्यतिर थप गोलको अवसर सिर्जना गरेको थियो। तर, केनले एक गोल गर्ने मौका गुमाए भने जमाल मुसियालाको प्रहार क्रसबारमा ठोकियो।

अब बायर्न सिरी ‘ए’ लिगको शीर्ष स्थानमा रहेको इन्टरसँग क्वार्टरफाइनलमा भिड्नेछ। इन्टरले अन्तिम पटक सन् २०१० मा बायर्नलाई फाइनलमा पराजित गर्दै उपाधि जितेको थियो। इन्टर पुन: उपाधि जित्ने लक्ष्यमा छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आर्थिक रूपमा सबल नभएको हाइटी विश्वकपमा

आर्थिक रूपमा सबल नभएको हाइटी विश्वकपमा

नेपालगञ्जको पुनरागमन जित

नेपालगञ्जको पुनरागमन जित

दाजुभाइको निराशाजनक सुरुआत

दाजुभाइको निराशाजनक सुरुआत

Bajaj Pulsar Motorcycle Ad
 एसेजमा १०० विकेट लिने पहिलो बायाँहाते तीव्र बलर बने स्टार्क

एसेजमा १०० विकेट लिने पहिलो बायाँहाते तीव्र बलर बने स्टार्क

चितवनका रिजनलाई कारबाही

चितवनका रिजनलाई कारबाही

लगातार दबाबमा पोखरा, सुदूरपश्चिमविरुद्ध पुनरागमनको आश

लगातार दबाबमा पोखरा, सुदूरपश्चिमविरुद्ध पुनरागमनको आश

आर्थिक रूपमा सबल नभएको हाइटी विश्वकपमा

आर्थिक रूपमा सबल नभएको हाइटी विश्वकपमा

लुम्बिनीको पहिलो खेलमै जित

लुम्बिनीको पहिलो खेलमै जित

 महिला कबड्डी विश्वकपमा नेपालको तेस्रो जित

महिला कबड्डी विश्वकपमा नेपालको तेस्रो जित

नेपालगञ्जको पुनरागमन जित

नेपालगञ्जको पुनरागमन जित

दाजुभाइको निराशाजनक सुरुआत

दाजुभाइको निराशाजनक सुरुआत