काठमाडौं। गोलकिपर जियानलुजी डोनारुम्माले महत्त्वपूर्ण बचाउ गर्दै पेरिस सेन्ट–जर्मेन (पिएसजी) लाई पेनाल्टी सुटआउटमा लिभरपुलविरुद्ध जित दिलाए।
यससँगै पिएसजीले बार्सिलोना, बायर्न म्युनिख र इन्टर मिलानसँगै च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। पिएसजीले लिभरपुललाई दोस्रो लेगमा १–० ले पराजित गर्दै समग्र स्कोरलाई १–१ बराबरीमा रोक्यो।
‘हामीले जितको योग्य छौं वा छैनौं भन्ने कुरा महत्त्वपूर्ण होइन। दुवै टोली क्वार्टरफाइनल पुग्न योग्य थिए। हामी पेरिसमा राम्रो थियौं, तर लिभरपुलले यहाँ उत्कृष्ट खेल्यो। मेरो टोलीले एन्फिल्डमा ठूलो आत्मविश्वास देखायो,’ पिएसजीका मुख्य प्रशिक्षक लुइस एनरिके भने।
खेलको १२औं मिनेटमा ओस्मान डेम्बेलेले लिभरपुलको डिफेन्सको गल्तीको फाइदा उठाउँदै गोल गरे। अतिरिक्त समयमा पनि स्कोर बराबरी नै रह्यो। त्यसपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो।
डोन्नारुम्माले पेनाल्टीमा डार्विन नुनेज र कर्टिस जोन्सको प्रहार रोक्दै पिएसजीलाई ४–१ को जित दिलाए। डिजायर डोएले निर्णायक पेनाल्टी गोल गर्दै पिएसजीलाई क्वार्टरफाइनलमा पुर्याए। अब पिएसजीले एस्टन भिल्ला वा क्लब ब्रुगेसमध्ये एक टोलीसँग भिड्नेछन्।
‘यो मेरो जीवनकै उत्कृष्ट खेलमध्ये एक थियो। हाम्रो प्रदर्शन अविश्वसनीय रह्यो, विशेष गरी पहिलो लेगसँग तुलना गर्दा। हामीले धेरै अवसर सिर्जना गर्यौं, तर अन्ततः हामी १–० ले पछि पर्यौं। हामीलाई भाग्यले साथ दिएन,’ लिभरपुलका प्रशिक्षक अर्ने स्लोटले भे।
फ्रान्सेली क्लब पिएसजीले अहिलेसम्म च्याम्पियन्स लिग उपाधि जित्न सकेको छैन। पछिल्ला आठ सिजनमा पाँच पटक यसै चरणमा पराजित भएको थियो। गत सिजन पिएसजी बोरुसिया डर्टमुन्डसँग सेमिफाइनलमा पराजित भयो।
तर, यसपटक डोन्नारुम्माको बचाउ र डेम्बेलेको गोलको मद्दतले पिएसजीले ऐतिहासिक सफलतातर्फ एक कदम अघि बढाएको छ। अब के पिएसजीले आफ्नो पहिलो च्याम्पियन्स लिग उपाधि जित्न त?