युसुफको निर्णायक गोलसँगै मच्छिन्द्र सेमिफाइनलमा
-1741704716.jpg&w=3840&q=75)
इलाम। विदेशी खेलाडी युसुफ मलिकको निर्णायक गोलसँगै मच्छिन्द्र फुटबल क्लब मेचीनगर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
झापाको मेचीनगरमा जारी प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा मच्छिन्द्रले विभागीय टोली एपिएफमाथि १–० को जित हात पारेको हो।
युसुफले पहिलो हाफको अतिरिक्त समयमा गरेका थिए। उनले स्टेफन कामाहाको पासमा पेनाल्टी एरियाबाट गोल गरेका हुन्। खेलको अधिकांश समय बल पोजिसन राखेको मच्छिन्द्र थप गोल गर्न भने सकेन। मच्छिन्द्रका खेलाडीले पाएका दर्जन अवसर गुमाएपछि एपिएफसँग संघर्षपूर्ण जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो।
खेलको प्लेयर अफ द म्याच मच्छिन्द्रका निर्णायक गोलकर्ता मलिक भए र ११ हजार रुपैयाँ प्राप्त गरे। मछिन्द्रको जितसँगै सेमिफाइनल समीकरण पूरा भएको छ। मच्छिन्द्रले दोस्रो सेमिफाइनल खेलमा ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च व्बाइज युनाइटेडको सामना गर्नेछ।












%20(1)-1763645320295.jpeg&w=3840&q=75)
