पोखरा। गण्डकी प्रदेश फुटबल संघको आयोजनामा पोखरामा क्याटोगोरी–४ रेफ्री लाइसेन्स कोर्ष सुरु भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को मान्यताप्राप्त गण्डकीका जिल्लाहरूमा फुटबल रेफ्री विकास गर्ने उद्देश्यका साथ उक्त कोर्ष सुरु भएको हो।
एन्फाका रेफ्री कमिटी संयोजक तथा रेफ्री संघका अध्यक्ष बुद्धिबहादुर गुरुङले कोर्ष पछि फुटबलको रेफ्री सदस्यको संख्यामा वृद्धि हुने बताए। उनले कोर्षबाट फिफाको १७ वटा नियममा बसेर आधिकारिक फुटबल खेलाउन योग्य हुने र क्याटोगोरी –४ पहिलो खुड्किलो रहेको सुनाए।
गण्डकी प्रदेश फुटबल महासंघका महासचिव विनोद गुरुङका अनुसार सात दिनको कोर्षमा फिटनेश परीक्षणदेखी प्रयोगात्मक र लिखित परीक्षा हुनेछ। जसमा पास हुनेले एन्फा प्रमाणपत्र प्राप्त गर्नेछन्।