काठमाडौं। कठिन जित निकाल्दै चेल्सी इङ्लिस प्रिमियर लिगको चौथो स्थानमा फर्किएको छ।
आइतबार सम्पन्न खेलमा चेल्सीले लेस्टर सिटीमाथि १–० को जित दर्ता गरेको हो। जितसँगै चेल्सीले २८ खेलबाट ४९ अंक पुर्यायो।
साबिक विजेता म्यानचेस्टर सिटीको भने समान खेलबाट ४७ अंक छ। सिटीलाई जित दिलाउन मार्क कुकुरेलाले गरेको गोल नै निर्णायक रह्यो।
डिफेन्डर कुकुरेलाले ६०औं मिनेटमा एन्जो फर्नान्डेजको पासमा गोल गरेका हुन्। त्यसअघि कोल पाल्मरले पेनाल्टी मिस गरेका थिए।