च्यासल र वीरगञ्जले अंक बाँडे
आइतबार, फागुन २५, २०८१खेलपाटी संवाददाता

काठमाडौं। च्यासल युथ क्लब र वीरगञ्ज युनाइटेडले अंक बाँड्दै सहिद स्मारक ‘बी’ डिभिजन लिग सुरुआत गरेका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा यी दुई क्लबले गोलरहित बराबरी खेलेका हुन्।
यो नतिजासँगै दुवै क्लबले समान एक अंक हात पारेका छन्।
दुवै टोलीले केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन् र खेल बराबरीमा सकियो।









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



