काठमाडौं। संकटा फुटबल क्लबले कठिन जितसहित एन्फा यु–१६ युथ लिग सक्काएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न आफ्नो अन्तिम खेलमा संकटाले सातदोबाटो युथ क्लबलाई १–० ले हराएको हो।
जितसँगै संकटाले २० खेलबाट ४१ अंक पुर्यायो। संकटा तेस्रो स्थानमा छ। यद्यपि, ३९ अंक रहेको फ्रेन्ड्स क्लबले एक खेल कम खेलेको छ।
सातदोबाटोले भने १७ अंकसहित आठौं स्थानमा रहेर लिग सक्कायो।
संकटाको जितमा कृष्टा भण्डारीले गरेको गोल निर्णायक रह्यो। उनले खेलको ५७औं मिनेटमा गोल गरेका हुन्।