काठमाडौं। विभागीय क्लब एपिएफकी कप्तान अनिता बस्नेत दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन्।
उनको कप्तानीमा एपिएफले शनिबार इलामको ठूलो टुँडिखेल खेल मैदानमा सम्पन्न फाइनलमा विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई २–१ ले हराउँदै उपाधि जितेको थियो। अनिताले नगद १५ हजार रुपैयाँ प्राप्त गरिन्।
यस्तै, उत्कृष्ट गोलकिपर आर्मीकी अञ्जना रानामगर घोषित भइन्। उत्कृष्ट डिफेन्डर आर्मीकै विमला बिक, सर्वाधिक गोलकर्ता एपिएफकी रश्मिकुमारी घिसिङ र उत्कृष्ट मिडफिल्डर एपिएफकी रेनुका नगरकोटे भइन्।
यी सबै खेलाडीले जनही १० हजार रुपैयाँ प्राप्त गरे।