दाङ। मणिमुकुन्द भलिबल क्लब रुपन्देहीले चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
घोराहीमा शनिबार भएको फाइनलमा न्यु होराइजन स्पोर्ट्स क्लब बुटवललाई मणिमुकुन्दले ३-१ सेटले पराजित गरेको हो।
प्रतिस्पर्धात्मक खेलमा मणिमुकुन्द भलिबल क्लबले २५–१४,२७–२९,२५–१९ र २५–२० को जित निकाल्यो।
उपाधिसँगै मणिमुकुन्दले दुई लाख ५१ हजार रुपैयाँ हात पार्यो। उपविजेता न्यु होराइजनले एक लाख २५ हजार रुपैयाँ चित्त बुझायो।