इलाम। विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपिएफले दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको उपाधि जितेको छ।
इलामको ठूलो टुँडिखेल खेल मैदानमा शनिबार सम्पन्न खेलमा एपिएफ २–१ ले विजयी भएको हो।
एपिएफ दोस्रो सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै फाइनलमा पुगेको थियो। आर्मीले भने आयोजक ओएसिस क्लबलाई हराउँदै एपिएफसँगको भेट पक्का गरेको थियो।
उपाधिसँगै एपिएफले चार लाख रुपैयाँ हात पारेको छ। आर्मीले भने दुई लाख रुपैयाँमा चित्त बुझायो।