काठमाडौं। लिओनल मेसीविनाको इन्टर मियामीले क्यारिबियन कप च्याम्पियनमा काभेलियर फुटबल क्लबलाई शुक्रबार पराजित गरेको छ।
चेस स्टेडियममा भएको खेलमा मियामीले पहिलो लेगमा काभेलियरलाई २–० ले पराजित गरेको हो।
अब दोस्रो लेगमा काभेलियरलाई कम्तीमा दुई गोल फर्काउनु पर्ने चुनौती थपिएको छ।
काभेलियरले ६० मिनेटसम्म मियामीलाई सम्हालेको थियो। तर, ६१औं मिनेटमा टाडेओ अल्लेन्देले पहिलो गोल गरे। उनको हेडर बारमा ठोक्किएर गोल परिणत हुन पुग्यो।
८३औं मिनेटमा अर्को गल्तीको फाइदा उठाउँदै लुइस सुआरेजले दोस्रो गोल गरे। काभेलियरका खेलाडी बल क्लियर गर्न खोज्दा चिप्लिएपछि सुआरेजले त्यसको सदुपयोग गरे।
अब काभेलियरले मार्च १३ मा नेसनल स्टेडियममा इन्टर मियामीलाई स्वागत गर्नेछ।