काठमाडौं। ब्राजिलका पूर्वकप्तान नेयमार करिब १८ महिनापछि राष्ट्रिय टोलीमा फर्किएका छन्।
३३ वर्षीय स्ट्राइकरलाई प्रशिक्षक डोरिवाल जुनियरले यस महिनाका विश्वकप छनोट खेलका लागि टोलीमा समावेश गरेका हुन्। ब्राजिलले मार्च २० मा कोलम्बियासँग र मार्च २५ मा अर्जेन्टिनासँग खेल्ने तय छ।
अक्टोबर २०२३ मा एसिएल चोट बोकेको कारण उनी लामो समय मैदान बाहिर बसेका थिए। जनवरीमा उनले साउदी क्लब अल–हिलाल छोडेर आफ्नो बाल्यकालीन क्लब सान्तोससँग ६ महिनाको सम्झौता गरेका थिए।
ब्राजिल हाल दक्षिण अमेरिकी छनोटमा पाँचौं स्थानमा छ। टोलीले मार्च २० मा कोलम्बियालाई घरेलु मैदानमा स्वागत गर्नेछन् र मार्च २५ मा अर्जेन्टिनालाई ब्युनस आयर्सको मोनुमेन्टल डे नुनेज स्टेडियममा चुनौती प्रस्तुत गर्नेछन्।
‘उनले सान्तोसका लागि दुई खेल पूरा ९० मिनेट खेले। केही खेलहरूमा अन्तिम मिनेटमा विश्राम पनि दिइएको थियो,’ प्रशिक्षक जुनियरले भने, ‘हेरौं, उनले खेलअघि कस्तो प्रदर्शन गर्छन्।’