काठमाडौं। लिओनल मेसीले कन्काकाफ च्याम्पियन्स कपको राउन्ड अफ १६ अन्तर्गत इन्टर मियामी र जमैकन क्लब काभेलियर एफसीबीच खेल गुमाएका छन्।
३७ वर्षीय मेसीले यसअघि आइतबार ह्युस्टनविरुद्धको अमेरिकन मेजर सकर लिग (एमएलएस) खेलसमेत गुमाएका थिए। यद्यपि, उनले बुधबार र बिहीबार मियामीको प्रशिक्षण सत्रमा भाग लिएका थिए।
मियामीका प्रशिक्षक जाभियर मास्चेरानोले मेसी घाइते नभएको बताएका छन्।
मियामीले ११ दिनभित्र चार खेल खेल्ने तालिका छ। बिहीबारको खेलपछि टोलीले आइतबार चार्लोटविरुद्ध एमएलएस खेल खेल्नेछन्। त्यसपछि मार्च १३ मा किङ्स्टन, जमैकामा काभेलियरविरुद्ध दोस्रो लेग खेल्ने छ।