काठमाडौं। चेल्सीले युइएफए कन्फरेन्स लिगको क्वार्टरफाइनलको यात्रातर्फ एक कदम अघि बढाउँदै डेनमार्कको राजधानीमा कोपेनहेगनलाई २–१ ले पराजित गरेको छ।
दोस्रो हाफमा रीस जेम्स र एन्जो फर्नान्डेजले गोल गर्दै चेल्सीलाई बलियो अवस्थामा पुर्याए। यद्यपि, ग्याब्रियल परेराले खेलको अन्त्यतिर गोल गर्दै कोपेनहेगनलाई आशा दिलाए।
‘कोपेनहेगन राम्रो टोली हो, उनीहरूले राम्रो फुटबल खेल्छन् र उत्कृष्ट खेलाडीले सुसज्जित छन्। दोस्रो लेग पनि कठिन हुने निश्चित छ,’ चेल्सीका प्रशिक्षक एन्जो मारेसकाले भने।
पहिलो हाफ खासै रोचक नभए पनि दोस्रो हाफ सुरु भएको एक मिनेटमै कप्तान जेम्सले सानदार गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। कोपेनहेगनले तत्कालै बराबरी गर्ने अवसर पाए पनि भिक्टर क्लास्सनको प्रहार पोस्टमा लागेर फर्कियो।
६५औं मिनेटमा फर्नान्डेजले टाइरिक जर्जको पासमा उत्कृष्ट फिनिस गर्दै चेल्सीलाई २–० को अग्रता दिलाए। तर, ७९औं मिनेटमा परेराले कर्नरबाट आएको बलमा हेड गर्दै गोल गरे, जसले खेललाई रोमाञ्चक बनायो।
‘स्टामफोर्ड ब्रिजमा दुई गोलले जित्न चमत्कार नै चाहिन्छ। तर, हामी अझै हार मान्ने छैनौं,’ कोपेनहेगनका प्रशिक्षक ज्याकब नेस्ट्रुपले भने।