काठमाडौं। मिक्की एफसी राम बजारले बिहीबार तेस्रो बेगनास कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
बेगनास युवा क्लबद्वारा आयोजित प्रतियोगिताको फाइनलमा मिक्कीले विनोद मेमोरियललाई १–० ले पराजित गरेको हो। उपाधिसँगै मिक्कीले नगद १ लाख २५ हजार ५५५ रुपैयाँ प्राप्त गर्यो।
मिक्कीले पहिलो हाफको २० मिनेटसम्म कुनै गोल गर्न नसेको थिएनन्। अतिरिक्त एक मिनेटको समयमा लिले गुरुङले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै विनम गुरुङले डी बक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। त्यही गोल नै मिक्कीका लागि उपाधि जित्न निर्णायक बन्यो।
मिक्कीका अमिर गुरुङ उत्कृष्ट खेलाडी, विनम गुरुङ सर्वाधिक गोलकर्ता र सञ्जय ठकुरी उत्कृष्ट गोलकिपर घोषित भए। उनीहरूले जनही पाँच हजार प्राप्त गरे।