आशिष् कम्तीमा एक वर्ष मैदान बाहिर रहने

काठमाडौं। नेपाली राष्ट्रिय युवा टोलीका मिडफिल्डर आशिष् राई कम्तीमा एक वर्ष मैदान बाहिर रहने भएका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गत फागुन ३ गते चीनको युनान प्रान्तीय टोलीविरुद्ध भएको खेलमा उनी विपक्षी खेलाडी मोरी डेलेको ट्याकलमा परेका थिए। उनको तीन ठाउँमा खुट्टा भाँचिएको थियो।
उनको बि एन्ड बि अस्पतालमा शल्यक्रिया गरिएको थियो। उक्त शल्यक्रिया सफल भएको र एक वर्ष मैदान बाहिर रहने उपचारमा संलग्न अर्थोपेडिक सर्जन तथा डाक्टर अमित जोशीले जानकारी दिएको छ।
‘बायाँ खुट्टामा बहुपरक हड्डी भाँचिएको थियो चिकित्सकहरूका अनुसार राईलाई मैदानमा फर्किन कम्तीमा एक वर्ष लाग्नेछ,’ उनले भने।
आशिष् अहिले चिकित्सकीय निगरानीमा छन्। उनको ‘रिकभरी’ प्रक्रियामा लामो समय लाग्ने अनुमान गरिएको छ।
‘प्राइमरी उपचार सक्कियो। पहिला चोटको उहाँको उपचार सकिएको हो। तर, खुट्टामा रड हालिएको छ। त्यो भाँचिएको हड्डी कहिले जोडिन्छ र कहिले रड निकाल्न मिल्छ अहिले नै भन्न सकिँदैन,’ उनले भने।









-1763733911749.jpg&w=3840&q=75)




