काठमाडौं। मच्छिन्द्र फुटबल क्लबका विशाल श्रेष्ठ केपी ओली कप फुटबल प्रतियोगिताको उत्कृष्ट गोलकिपर घोषित भएका छन्।
मच्छिन्द्रलाई लगातार तेस्रोपल्ट उपाधि दिलाउन उनले महत्त्वपूर्ण भूमिका निभाएका थिए। उनी यसअघिका दुई संस्करणको विजेता बन्दा पनि मच्छिन्द्रकै पोस्टमा थिए।
उनले ५० हजारसहित यमाहा १२५ सिसी मोटरसाइकल हात पारे। दशरथ रंगशालामा सोमबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई २–० ले हराउँदै मच्छिन्द्रले लगातार तेस्रो संस्करण उपाधि जितेको थियो।