काठमाडौं। मच्छिन्द्र फुटबल क्लबका डिफेन्डर सनिश श्रेष्ठ केपी ओली कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन्।
मच्छिन्द्रलाई उपाधिमा ह्याट्रिक गराउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनले नगद एक लाखसहित यमाहा १२५ सिसीको मोटरसाइकल हात पारे।
उत्कृष्ट गोलरक्षक मछिन्द्रका विशाल श्रेष्ठ र सर्वाधिक गोलकर्ता मछिन्द्रकै स्टेफन जमाहा चुनिए। आर्मीका नीराजन धामी प्रतियोगिताको उदयीमान खेलाडी बने। उत्कृष्ट हुने खेलाडीले ५० हजारसहित यमाहा १२५ सिसी मोटरसाइकल हात पारे।
दशरथ रंगशालामा सोमबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई २–० ले हराउँदै मच्छिन्द्रले लगातार तेस्रो संस्करण उपाधि जितेको थियो।