प्लानिङ ब्वाइज कोहलपुर गोल्डकपको सेमिफाइनलमा
सोमबार, फागुन १९, २०८१खेलपाटी संवाददाता

बाँके। प्लानिङ ब्वाइज युनाइटेड क्लब तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।
कोहलपुर–२ स्थित तेह्र विगाह खेल मैदानमा सोमबार भएको खेलमा राइनो फुटबल क्लब गण्डकीलाई २–० ले हराउँदै प्लानिङ ब्वाइजले अन्तिम चारमा स्थान पक्का गरेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दुवै टोलीले गोलका लागि थुप्रै प्रयास गरे पनि सफल हुन सकेनन्। दोस्रो हाफको ४७औं मिनेटमा गोल गर्दै प्लानिङका विदेशी खेलाडी एलेक्सले टिमलाई अग्रता दिलाए।
खेलको अतिरिक्त समयमा मैदान प्रवेश गरेका प्लानिङका सरोज कार्कीले गोल गर्दै टोलीलाई सहज जित दिलाए। प्लानिङका एलेक्स म्यान अफ र म्याच घोषित भए।









-1763733911749.jpg&w=3840&q=75)




