काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)को फ्रेन्चाइजी धनगढी एफसीले अफ्रिकन फरवार्ड आफिज ओलावालेलाई निरन्तरता दिएको छ।
यसअघि दुवै संस्करणमा ओलावालेले धनगढी एफसीबाट खेलेका थिए। टोलीलाई दुवै संस्करणको फाइनलमा पुऱ्याउन उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
यसअघि नै लेबनानी स्टार फरवार्ड अहमद हिजाजीलाई पनि धनगढीले फर्काइसकेको छ। क्रितिशरत्न छुन्जु मार्की प्लेयर रहेको धनगढीले देवेन्द्र तामाङ, जर्जप्रिन्स कार्की, पासाङ लामा, विवेक पौडेल, जियारथ शेख, रन्दीप फुयाँल, रामचन्द्र वाजी, प्रशान्त लक्षम र अशोक खवास खेलाडीलाई रिटेन र अक्सनमार्फत भित्र्याइएको छ।
धनगढीले स्पेनका जुआन म्यानुएल मार्टिनेज साइजलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिसकेको छ। युइएफए प्रो–लाइसेन्स भएका प्रशिक्षक म्यानुएलले स्पेन, पानामा, थाइल्यान्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा समेत प्रशिक्षण गराइसकेका छन्।