शुक्रबार, मंसिर ६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

धनगढी एफसीको ट्यालेन्ट हन्टबाट चार खेलाडी छनोट

सोमबार, फागुन १९, २०८१खेलपाटी संवाददाता
धनगढी एफसीको ट्यालेन्ट हन्टबाट चार खेलाडी छनोट
Classic Tech Internet Ad

धनगढी। धनगढी एफसीको ट्यालेन्ट हन्टबाट चार जना फुटबल खेलाडी छनोट भएका छन्। 

नेपाल सुपर लिग (एनएसएल)को आगामी सिजनका लागि धनगढी एफसीले शनिबार धनगढीस्थित रंगशालामा गरेको ट्यालेन्ट हन्टमा चार जना खेलाडी छनोट भएका हुन्। छनोट हुनेमा दिनेश नेपाली (गोलकिपर), सुमति सार्की (फरवार्ड), सोयम चौधरी (डिफेन्डर) र सन्दीप धामी (मिडफिल्डर) छन्। 

कैलाली जिल्ला फुटबल संघको प्राविधिक सहयोग र एसपिए कलेजको सहयोगमा सम्पन्न ट्यालेन्ट हन्टमा छनोट भएका चार जना खेलाडीमध्येबाट एक जना खेलाडी एनएसएलका लागि धनगढी एफसीको टिममा छनोट हुनेछन्।

तीन जना खेलाडीलाई ड्रिमर्स अफ धनगढी नामकरण गरी एसपिए कलेजमा अध्ययन गर्न छात्रवृत्ति प्रदान गरिने डिएफसीको मातृ संस्था गो ड्रिमर्सले जनकारी दिएको छ। चार जनामध्ये कसले टिमबाट खेल्ने भन्ने अन्तिम टुंगो भने सी क्याटेगोरीको अक्सनको समाप्ति पछि हुनेछ।  

नेपाली क्रिकेट टोलीका स्टार खेलाडी दीपेन्द्रसिंह ऐरीलाई आफ्नो एम्बेसडर नियुक्त गरेको धनगढी एफसीले यसअघि नै नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर कृतिशरत्न छुन्जुलाई आफ्नो मार्की खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ। त्यस्तै, क्लबले लेबनानी प्रिमियर लिग क्लब बुरज एफसीका स्ट्राइकर अहमद हिजाजीलाई लोनमा साइन गरेको छ। 

हिजाजीले एनएसएल २०२३ मा धनगढी एफसीबाट खेलेका थिए। जहाँ उनले चार गोल गर्दै टिमलाई फाइनलसम्म पुर्‍याएका थिए। धनगढी एफसी एनएसएल २०२१ र एनएसएल २०२३ दुवै संस्करणमा उपविजेता बनेको थियो।

धनगढी एफसीले एनएसएलको आगामी सिजनका लागि जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ भने सहायक प्रशिक्षकमा धनगढीका भीष्म भाट छन्।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो

एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो

आर्थिक रूपमा सबल नभएको हाइटी विश्वकपमा

आर्थिक रूपमा सबल नभएको हाइटी विश्वकपमा

नेपालगञ्जको पुनरागमन जित

नेपालगञ्जको पुनरागमन जित

Bajaj Pulsar Motorcycle Ad
सुदूरपश्चिमको लगातार दोस्रो जित

सुदूरपश्चिमको लगातार दोस्रो जित

रुपन्देही यु–१४ इन्टर स्कुल फुटबलः सेमीफाइनल समीकरण पूरा

रुपन्देही यु–१४ इन्टर स्कुल फुटबलः सेमीफाइनल समीकरण पूरा

एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो

एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो

 एनपीएलमा अवैध सट्टेबाजीको छायाँ, रोयल्सको जर्सीमा ‘बाजी स्पोर्ट्स’

एनपीएलमा अवैध सट्टेबाजीको छायाँ, रोयल्सको जर्सीमा ‘बाजी स्पोर्ट्स’

 एसेजमा १०० विकेट लिने पहिलो बायाँहाते तीव्र बलर बने स्टार्क

एसेजमा १०० विकेट लिने पहिलो बायाँहाते तीव्र बलर बने स्टार्क

चितवनका रिजनलाई कारबाही

चितवनका रिजनलाई कारबाही

लगातार दबाबमा पोखरा, सुदूरपश्चिमविरुद्ध पुनरागमनको आश

लगातार दबाबमा पोखरा, सुदूरपश्चिमविरुद्ध पुनरागमनको आश

आर्थिक रूपमा सबल नभएको हाइटी विश्वकपमा

आर्थिक रूपमा सबल नभएको हाइटी विश्वकपमा