काठमाडौं। फिफा विश्वकप विजेता तथा इटालीका पूर्वगोलकिपर जियानलुजी बफोनसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरेका छन्।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा ओलीले सोमबार बिहान बफोनसँग भेट परेका हुन्।
उनले बफोनसँग बिहान सँगै चियानास्ता गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
इटलीका पूर्वकप्तान तथा विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एक मानिने बफोन केपी ओली कप फुटबल प्रतियोगिताको अवसरमा आइतबार नेपाल आइपुगेका हुन्। उनी बिहान ११ बजे टर्कीस एअरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झरेका थिए।
उनले सोमबार साँझ ६ बजे हुने मच्छिन्द्र र त्रिभुवन आर्मीबीचको फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुगेर हेर्ने छन्।