काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपअन्तर्गत म्यानमारविरुद्धको खेलमा पहिलो दुई परिवर्तन गरेका छन्।
नेपालले केहीबेरपछि म्यानमारको सामाना गर्दैछ। राजेन्द्रले लिग चरणमा म्यानमारसँग खेलेका गोलकिपर अञ्जना रानागर र फरवार्ड रश्मीकुमारी घिसिङलाई पुन: बेन्चमा फिर्ता बोलाएका छन्।
यी खेलाडीको स्थानमा नियमित कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा र फरवार्ड रेखा पौडेलले टोलीमा फर्किएका छन्।
नेपालले लिग चरणमा किर्गिस्तान र लेबनानसँग १–० को जित निकालेको थियो। म्यानमारसँग भने २–२ को बराबरी खेलेको हो।
म्यानमारले भने लेबनानलाई ३–१ र किर्गिस्तानलाई ५–० ले हराएको थियो।
नेपालको सुरुआती–११
अञ्जिला तुम्बाप्पो सुब्बा (कप्तान तथा गोलकिपर), समीक्षा घिमिरे, गीता राना, विमला विक, पूजा राना, प्रीति राई, रेनुका नगरकोटे, सरु लिम्बू, सविता रानामगर, सावित्री भण्डारी र रेखा पौडेल