धनगढी। विनोद केवतको निर्णायक गोलसँगै राइजिङ स्टार फुटबल क्लब जय पृथ्वीबहादुर गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
कैलालीको धनगढीस्थित गौरीगंगा–११ स्पोर्ट्स क्लबको मैदानमा सोमबार सम्पन्न दोस्रो सेमिफाइनलमा लक्की स्टार क्लबलाई १–० ले पराजित गरेको हो।
राइजिङको जितमा विनोदले खेलको ७५औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
म्यान अफ द म्याच भने राइजिङकै अभिनाश थापामगर घोषित भए।
योसँगै राइजिङले उपाधिका लागि सुदूरपश्चिम प्रदेश फुटबल एसोसिएसनसँग खेल्ने छ। सुदूरपश्चिमले पहिलो सेमिफाइनलमा कर्णाली प्रदेश फुटबल एसोसिएसनलाई १–० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरिसकेको छ।
फाइनल फागुन १४ गते हुनेछ।