काठमाडौं। डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले अन्तत: ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनासँग अंक बराबरी गरेको छ।
सान्टियागो बर्नाबेउ आइतबार राति सम्पन्न खेलमा रियलले जिरोनाविरुद्ध २–० को जित निकालेको हो। यो नतिजासँगै रियलले २६ खेलबाट ५४ अंक पुर्याएको छ। शीर्ष स्थानको बार्सिलोनाको पनि समान अंक छ।
अनुभवी मिडफिल्डर लुका मोड्रिचले सानदार लामो दूरीको गोल गर्दै रियल मड्रिडलाई आइतबार भएको खेलमा जिरोनाविरुद्ध २–० को जित दिलाए।
यो जितसँगै ला लिगाको डिफेन्डिङ च्याम्पियन रियल शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबरी गर्न सफल भएको छ।
४१औं मिनेटमा लुका मोड्रिचले बललाई चेस्टले नियन्त्रण गर्दै दायाँ खुट्टाबाट उत्कृष्ट प्रहार गरे। उक्त बल पोस्टको माथिल्लो कुनामा गोल भएको थियो।
८३औं मिनेटमा भिनिसियस जुनियरले किलियन एम्बाप्पेको उत्कृष्ट असिस्टलाई सदुपयोग गर्दै दोस्रो गोल गरे।
बार्सिलोनाले शनिबार लास पालमासलाई २–० ले हराएको थियो। हेड–टु–हेड नतिजाका आधारमा बार्सिलोना शीर्ष स्थानमा छ भने तेस्रो स्थानको एट्लेटिको रियल ५३ अंकका साथ नजिक छ।