काठमाडौं। अहमद हिजाजी नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइजी धनगढी एफसीमा फर्किएका छन्।
धनगढीले उनलाई तेस्रो संस्करणका लागि भित्र्याएको हो।
लेबनानको बेरुतमा रहेको बोर्ज एफसीबाट उनी घरेलु लिग खेलिरहेका छन्। फरवार्ड हिजाजीले एनएसएलको अघिल्लो संस्करणमा धनगढीबाट चार गोल गरेका थिए।
तर, फाइनलमा उनले एक गोल गरे पनि ललितपुर सिटी एफसीसँग धनगढी ३–२ ले पराजित हुँदै दोस्रोपल्ट उपविजेतामा खुम्चिएको थियो। पहिलो संस्करणको फाइनलमा भने काठमाडौं रेजर्ससँग धनगढी पराजित भएको थियो।
कृतिशरत्न छुन्जु मार्की प्लेयर रहेको धनगढीले देवेन्द्र तामाङ, जर्जप्रिन्स कार्की, पासाङ लामा, विवेक पौडेल, जियारथ शेख, रन्दीप फुँयाल, रामचन्द्र वाजी, प्रशान्त लक्षम र अशोक खवासलाई अक्सन र रिटेनमार्फत भित्र्याइसकेको छ।