काठमाडौं। सावित्रा भण्डारीको गोलसँगै नेपाल इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा म्यानमारविरुद्ध खेलमा फर्किएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा जारी खेलमा दुवै टोली २–२ को स्थितिमा छन्।
खेलको पाँचौं मिनेटमै म्यानमारले अग्रता लिएको थियो। फ्रिककमार्फत म्याथ नोइले दोस्रो बार च्यापेर प्रहार गरेको बल सिधै गोलमा परिणत भयो। उक्त बललाई अञ्जनाले बचाउने कुनै मौका पाइनन्।
११औं मिनेटमा सविता रानागरले नेपाललाई खेलमा फर्काएकी थिइन्। सावित्रा भण्डारीले दिएको क्रसलाई अनमार्क सविताले सहजै गोल गरेकी थिइन्।
तर, उक्त अग्रता लामो समयसम्म टिक्न सकेन। १६औं मिनेटमा पुन: म्यानमारले अग्रता लियो। विपक्षी खेलाडीले अगाडि दिएको बललाई विमलाल अलमलिँदा मे हातइत लुले बल खोस्दै गोल गरिन्। उनको प्रहारलाई पनि अञ्जनाले रोक्न सकिनन्।
तर, ४१औं मिनेटमा सावित्राले नेपाललाई खेलमा फर्काइन्। प्रीति राईले निकाल्दिएको पासमा सावित्राले बराबरी गोल गरेका हुन्। उनको यो ५८औं अन्तर्राष्ट्रिय गोल हो।