काठमाडौं। नियमित कप्तान तथा गोलकिपर अञ्जिला तुब्बापो सुब्बाको स्थानमा सुरुआती ११ मै स्थान बनाएकी अञ्जनाले म्यानमारसँग दोस्रो गोल खाएकी छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा जारी खेलमा म्यानमारसँग नेपाल २-१ ले पछि परेको छ।
खेलको पाँचौं मिनेटमै म्यानमारले अग्रता लिएको थियो। फ्रिककमार्फत म्याथ नोइले दोस्रो बार च्यापेर प्रहार गरेको बल सिधै गोलमा परिणत भयो। उक्त बललाई अञ्जनाले बचाउने कुनै मौका पाइनन्।
११औं मिनेटमा सविता रानागरले नेपाललाई खेलमा फर्काएकी थिइन्। सावित्रा भण्डारीले दिएको क्रसलाई अनमार्क सविताले सहजै गोल गरेकी थिइन्।
तर, उक्त अग्रता लामो समयसम्म टिक्न सकेन। १६औं मिनेटमा पुन: म्यानमारले अग्रता लियो। विपक्षी खेलाडीले अगाडि दिएको बललाई विमलाल अलमलिँदा मे हातइत लुले बल खोस्दै गोल गरिन्। उनको प्रहारलाई पनि अञ्जनाले रोक्न सकिनन्।