काठमाडौं। इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपअन्तर्गत लिगचरणको अन्तिम खेलमा नेपालले तीन परिवर्तन गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले म्यानमारसँग खेल्दैछ। एक खेलअगाबै नै दुवै टोली फाइनल पुगिसकेको कारण नेपालले बेन्चका खेलाडीलाई मौका दिएको हो।
मुख्य प्रशिक्षक राजेन्द्र तामाङले नियमित गोलकिपर तथा कप्तान अञ्जिला तुम्बाप्पो सुब्बा, फरवार्ड रेखा पौडेल र मिडिफिल्डर विमला चौधरीलाई बाहिर राखेका छन्।
यी खेलाडीले लेबनानसँग पहिलो रोजाइमा खेलेका थिए। तर, म्यानमारविरुद्धको खेलमा भने गोलकिपर अञ्जना रानामगर, मिडिफिल्डर सरु लिम्बू र फरवार्ड रश्मिकुमार घिसिङले पहिलो रोजाइमै मौका पाएका छन्।
नेपाली टोलीको कप्तानी भने रेनुका नगरकोटेले गर्नेछिन्।