काठमाडौं । दोस्रो प्रधानसेनापति छात्रा तेक्वान्दो प्रतियोगिता आज शुरु भएको छ । विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयको प्राङ्गणमा सुरु भएको प्रतियोगितामा २८ वटा विद्यालय तथा डोजाङबाट २ सय १ जना तेक्वान्दो खेलाडी सहभागि छन् ।
३ दिन सम्म चल्ने प्रतियोगितामा जुनियर र सिनियर गरी १३ वटा तौल समुहमा प्रतिस्पर्धा गराईनेछ । प्रतियोगिता सञ्चालन गर्न नेपाल तेक्वान्दो संघबाट १७ जना प्राविधिक खटिएका छन् ।
आईतबार एक कार्यक्रमकाबीच सैनिक श्रीमती संघका अध्यक्ष दिपा थापाले प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभयो । फाईटिङतर्फ १३ वटा तौल समूह र पुम्सेतर्फ एकल र गु्रप गरी २ समूहमा प्रतियोगिता खेलाईनेछ ।
प्रतियोगितामा १७ वटा स्वर्ण, १७ वटा रजत र ३४ वटा काश्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । डोजाङका खेलाडीले प्राप्त गरेको पदक तालिकाको आधारमा उत्कृष्ट टिमको छनोट हुने आयोजकले जनाएको छ ।