पदमले पोखराबाटै एनएसएल खेल्ने
शुक्रबार, फागुन ९, २०८१खेलपाटी संवाददाता

काठमाडौं। रक्षक पदम भट्टराईले पोखरा थन्डर्सबाटै नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन्।
पोखराले एनएसएलको तेस्रो संस्करणका लागि उनलाई ‘बी’ क्याटोगरीबाट रिटेन गरेको हो। २३ वर्षीय पदमले दाेस्राे संस्करण पनि पाेखराबाटै खेलेका थिए। पाेखरा उक्त संस्करण क्वालिफायरमा पुगेकाे थियाे।
पोखराले यो संस्करणमा आयुश घलानलाई कप्तान बनाइसकेकाे छ। समीर तामाङलाई मार्की खेलाडी रहने छन्। यसैगरी पोखराको प्रशिक्षण जिम्मेवारी सुमन श्रेष्ठले पाएका छन्।










-1763733911749.jpg&w=3840&q=75)



