काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी ललितपुर सिटी एफसीको मार्की प्लेयर अनन्त तामाङ भएका छन्।
एनएसएलको तेस्रो संस्करणका लागि झापाले सेन्ट्रल ब्याक अनन्तलाई मार्की बनाएको हो।
अघिल्लो संस्करणमा पनि उनी लिलतपुरकै मार्की थिए। उनको कप्तानीमा लिलतपुरले उपाधि जितेको थियो।
उनी पहिलो संस्करण पनि लिलतपुरमै थिए। डिफेन्डर सनीश श्रेष्ठ र मिडफिल्डर आदित्य शाक्यलाई रिटेन गरिसकेको छ।
नेपाल राष्ट्रिय टोलीकासमेत डिफेन्डर रहेका सनीश श्रेष्ठलाई ‘ए’ क्याटोगोरी र मिडफिल्डर आदित्यलाई ‘बी’ क्याटोगोरीबाट रिटेन गरिएको हो।
मुख्य प्रशिक्षकमा भने साइमन ग्रेसनलाई अनुबन्ध गरिसकेको छ।