लाकेन झापाको मार्की प्लेयर
शुक्रबार, फागुन ९, २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी झापा एफसीको मार्की प्लेयर लाकेन लिम्बू भएका छन्।
एनएसएलको तेस्रो संस्करणका लागि झापाले सेन्ट्रल मिडफिल्डर लाकेनलाई मार्की बनाएको हो।
अघिल्लो संस्करण नेपाली राष्ट्रिय फुटबल टोलीका स्टार स्ट्राइकर अञ्जन विष्ट मार्की र कप्तान थिए। तर, उनी एफसी चितवन लागेसँगै झापाले लाकेनलाई मार्की बनाएको हो।
२२ वर्षीय लाकेन हाल भारतीय आइ लिग क्लब दिल्ली एफसीमा आबद्द छन्। उनी अघिल्लो संस्करण पनि झापामै थिए। उनीसँग थ्री स्टार, मच्छिन्द्र र चर्च ब्वाइज युनाइटेडसँग खेलेको अनुभव पनि छ।
झापाले यसअघि मिडफिल्डर प्रशान्त लक्षम र सेन्ट्रल ब्याक छिरिङ लामाले रिटन गरिसकेको छ। यस्तै, मुख्य प्रशिक्षकमा प्रवेश कटुवाललाई नियुक्त गरेको छ।










-1763733911749.jpg&w=3840&q=75)




