काठमाडौं। डिफेन्डर नरेन्द्र चौधरीले पोखरा थन्डर्सबाटै नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएको छ।
पोखराले तेस्रो संस्करणका लागि उनलाई रिटेन गरेको हो। २७ वर्षीय चौधरीले अघिल्लो संस्करण पनि उनले पोखरा थन्डर्सबाटै एनएसएल खेलेका थिए।
पोखराले विंगर आयुष घलानलाई कप्तानी जिम्मेवारी दिइसकेको छ। यस्तै, फरवार्ड समीर तामाङलाई मार्की खेलाडी बनाएको छ। पोखराले सुमन श्रेष्ठलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइसकेको छ।
पोखरा अघिल्लो संस्करणमा क्वालिफायरसम्म पुगेको थियो।