काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी काठमाडौं रेजर्सले तीन खेलाडीलाई रिटेन गरेको छ।
काठमाडौंले तेस्रो सिजनका लागि दीपेश गुरुङ, अभिषेक बराल र कुलदीप कार्कीलाई रिटेन गरेको हो।
पहिलो संस्करणको विजेता काठमाडौंले २० वर्षीय सेन्ट्रल मिडफिल्डर दीपेशलाई ‘ए’ क्याटोगोरीबाट रिटेन गरेको हो।
यस्तै, २४ वर्षीय गोलकिपर अभिषेकलाई र ३३ वर्षीय राइट ब्याक कुलदीपलाई ‘बी’ क्याटोगोरीबाट रिटेन गरेको हो।
तेस्रो संस्करणको एनएसएलको अक्सन फागुन १० गते शनिबार हुँदैछ।