काठमाडौं। राइट ब्याक छिरिङ गुरुङले एफसी चितवनबाट नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन्।
चितवनले एनएसएलको तेस्रो संस्करणका छिरिङलाई ‘ए’ क्याटोगरीबाट रिटेन गरेको हो।
उनी चितवनले रिनेटन गरेको दोस्रो खेलाडी हुन्। यसअघि चितवनले गोलकिपर विशाल श्रेष्ठलाई रिटेन गरिसकेको छ।
चितवनले फरवार्ड अञ्जन विष्टलाई मार्की खेलाडी बनाएको छ। यसअघि चितवनको मार्की र कप्तान विशाल थिए। यसैगरी क्लबले नवीन न्यौपानेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिसकेको छ।
एनएसएलको तेस्रो संस्करणका लागि अक्सन फागुन १० गते हुँदैछ।