काठमाडौं। नेपाललाई इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपको फाइनलमा पुर्याएका सावित्री भण्डारी प्लेयर अफ द म्याच बनेकी छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बिहीबार सम्पन्न लिगको दोस्रो खेलमा नेपाललाई जित दिलाउन सावित्राले निर्णायक गोल गरेकी थिइन्।
उनले ४२औं मिनेटमा गरेको गोल नै नेपाललाई उपाधिनजिक पुर्याउन पर्याप्त बन्यो। यो नजितजासँगै नेपाल दुई खेलबाट ६ अंक जोड्दै फाइनलमा पुगेको हो।
अब उपाधिका लागि नेपालले म्यानमारसँग खेल्ने छ। म्यानमार पनि समान खेलबाट ६ अ्क जोड्दै फाइनलमा पुगिसकेको छ। फाइनलअघि यी दुईले एकपल्ट एकआपसमा खेल्नेछन्।