काठमाडौं । कल्पना महर्जनको नेतृत्वमा नेपाल क्लाईम्बिङ संघ अन्तर्गतको बागमती प्रदेश कमिटी गठन भएको छ ।
शनिबार ललितपुरमा सम्पन्न साधारण सभाले महर्जनको नेतृत्वमा बागमतीको प्रदेश संघको गठन गरेको हो ।
यस्तै सभाले रुपेश अधिकारीको अध्यक्षतामा काठमाडौं उपत्यका कमिटीको समेत गठन गरेको छ । दुवै कमिटी ९÷९ सदस्यीय बनेको नेपाल क्लाईम्बिङ संघले जनाएको छ ।
काठमाडौं उपत्यका कमिटीको उपाध्यक्षमा श्रीधर पौडेल र बुद्धिराम शर्मा निर्वाचित भएका छन् । सचिवमा सुवास सुवेदी, कोषाध्यक्षमा हरिभक्त महर्जन र सदस्यहरुमा शोभा सापकोटा थापा, विजयप्रसाद बस्याल, रन्जित पुतुवार, गंगा मगर निर्वाचित भएका छन् ।
बागमती प्रदेश कमिटीको उपाध्यक्षमा रविन्द्र महर्जन र सुरज बस्नेत निर्वाचत भएका छन् । सचिवमा नवीना गुरुङ, कोषाध्यक्षमा डोमा तामाङ र सदस्यहरुमा टावा टासी शेर्पा, चन्द्रकृष्ण चक्रधर, मनीष महर्जन निर्वाचित भएका छन् ।
निर्वाचित कमिटीलाई शनिबारनै शपथ गराईएको थियो ।
प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य सचिव दीपक लामाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा ४२ जना प्रतिनिधिको उपस्थिती रहेको थियो ।
कार्यक्रममा नेपाल क्लाईम्बिङ संघका केन्द्रिय अध्यक्ष रमेश पौडेल विशेष अतिथीको रुपमा रहेका थिए भने अतिथीहरुमा बेसबल तथा सफ्ट बल संघका अध्यक्ष दीपक न्यौपाने, स्केटिङ तथा स्केटबोडिङ संघका अध्यक्ष अच्युत खनाल, नेपाल आईटिएफ तेक्वान्दो महासंघका सचिव अन्जना सिवाकोटी, नेपाल क्लाईम्बिङ एसोसियसनका महासचिव सन्तोष मादेन, सचिव सुजित कँडेल, कोषाध्यक्ष प्रनिलमान श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।