नन्दा र सुवर्णसहित ८ जना बोर्ड सदस्य नियुक्त

काठमाडौं। सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा आठ जना बोर्ड सदस्य नियुक्त गरेको छ। मन्त्रीपरिषद्को बैठकले परिषद्मा रिक्त रहेका सदस्यमध्ये सात जनालाई नियुक्त गरेको हो।
राष्ट्रिय खेलकुद विकास ऐनअनुसार आठ जना बोर्ड सदस्य नियुक्त गर्ने अधिकार मन्त्रीपरिषद्लाई छ। खेलकुदमन्त्री तेजुलाल चौधरीको प्रस्तावमा मन्त्रीपरिषद्ले कांग्रेस र एमाले पृष्ठभूमिका सात जनालाई बोर्ड सदस्य नियुक्त गरेका हो।
राखेपको कार्यकारी बोर्ड सदस्यको रूपमा काम गरेकी एमाले निकट नन्दा बस्याल र सुवर्ण श्रेष्ठलाई सरकारले दोहोर्याएको छ। नन्द तेक्वान्दो संघमा छिन् भने सुवर्ण नेपाल हक्की संघकी महासचिव हुन्। दुवै जना एमालेबाट बोर्ड सदस्यमा सिफारिस भएका थिए।
एमालेबाट हिमाल श्रेष्ठ र जगतसिंह धामी राखेप बोर्ड सदस्यमा नियुक्त भएका छन्। यस्तै, कांग्रेसको सिफारिसमा शान्तिकुमारी चौधरी, आनन्दकुमार झा, कमलबहादुर भट्टराई र भानबहादुर चन्द बोर्ड सदस्यमा नियुक्त भएका छन्।










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

