सरकारको हस्तक्षपपछि अनलाईनबाट उम्मेदवारी
सोमबार, पुष ८, २०८१खेलपाटी संवाददाता

काठमाडौं । अदालतको आदेश कार्यान्वयन गर्न भन्दै सरकारले हस्तक्षप गरेपछि नेपाल ओलम्पिक कमिटिको उम्मेदवार मनोनयन अनलाईनबाट मागिएको छ ।
केन्द्रिय कार्यालय सातादोबाटोमा हुने भनिएको उम्मेदवारी मनोनयन दर्ता प्रकृया प्रहरी प्रशासनको हस्तक्षपसँगै अनलाईनबाट मागिएको छ ।
प्रहरीले सोमबार बिहान ओलम्पिक भवन पुगेर हस्तक्षप गरेपछि ओलम्पिकका प्रतिनिधिलाई मेल गरेर उम्मेदवारी दर्ता गर्न लगाईएको छ ।
सरकारको निर्देशनसँगै सुनिलकुमार श्रेष्ठ सहितका प्रतिनिधिले चुनावलाई बहिष्कार गरेका छन् ।
अदालतको आदेश, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को आदेश र निर्देशनलाई अवज्ञा गर्दै वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ कुनैपनि हालतमा चुनाव गराउने दाउमा देखिन्छन् ।












-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)