बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

ओलम्पिक निर्वाचनमा कारण देखाउ आदेश

सोमबार, ०८ पौष २०८१खेलपाटी संवाददाता
ओलम्पिक निर्वाचनमा कारण देखाउ आदेश
Loading ad...
mustang rice ad

काठमाडौं । उच्च अदालत पाटनले नेपाल ओलम्पिक कमिटिको निर्वाचनमा सोमबार कारण देखाउ आदेश जारी गरेको छ ।

नेपाल रग्वी संघ सहित चार खेल संघले दायर गरेको रिटमाथि सुनुवाई गर्दै अदालतले निर्वाचनको विषयमा कारण देखाउ आदेश जारी गरेको हो । अदालतले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा झिकाउने समेत आदेश दिएको छ । 

अदालतको अवहेलना गर्दै नेपाल ओलम्पिकले गर्न खोजेको निर्वाचन रोक्न माग गर्दै नेपाल रग्वी संघ सहितका खेल संघले अदालतमा रिट दायर गरेका थिए । निवेदकले माग गरे अनुसारको अन्तरिम आदेश अदालतले दिएन तर अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश दिएको छ ।

नेपाल ओलम्पिकले पुस १३ गते निर्वाचनको मिति घोषणा गरेको थियो । तर अदालतको आदेश विपरित निर्वाचन गर्न खोजिएको भन्दै गृह प्रशासनले सोमबार बिहान नेपाल ओलम्पिक कमिटिको केन्द्रिय कार्यालयमा प्रहरी परिचालन गरेर बन्द गरेको छ । 

अदालतको आदेश र सरकारको निर्देशन अवज्ञा गर्दै ओलम्पिकले निर्वाचन गर्न खोजेको भन्दै राष्ट्रिय खेलकुद परिषद्ले निर्वाचन प्रकृया रोक्न गृह मन्त्रालयलाई पत्र लेखेको थियो । सोही पत्रका आधारमा अदालतको आदेश कार्यान्वयनका लागि भन्दै प्रशासनले ओलम्पिक भवनमा ताला लगाएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का कानुन विभाग प्रमुख नारायण अर्यालले अदालतले दुवै पक्षसँग छलफल गरेर अन्तिम आदेश दिने निर्णय गर्ने बताए । ‘अन्तरिम आदेश आएन तर दुवै पक्षलाई बोलाएर चुनाव अघि अन्तरिम आदेश आउन सक्ने देखिन्छ ।’ उनले खेलपाटीसँग भने । 

वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठले विधान संशोधन गरेर तेस्रो पटक अध्यक्ष बन्ने हठ गरेपछि ओलम्पिकमा नयाँ विवाद सुरु भएको छ । संशोधित विधानलाई अन्तराष्ट्रिय ओलम्पिक कमिटिले स्वीकृति प्रदान नगर्दै सोही विधान अनुसार नेतृत्वमा चुनिने जबर्जस्ती जीवनरामले गरिरहेका छन् ।
 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना