काठमाडौं । गोबिन्द भट्टराईको अध्यक्षतामा अल्पाईन स्पोर्ट्स फेडेरेसनको नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
शनिबार काठमाडौंमा भएको साधारण सभाले भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
भट्टराई अध्यक्ष रहेको कार्यसमितिको उपाध्यक्षहरुमा सोमनाथ ज्ञवाली, लालकुमार लामा, सानुबाबु सुनुवार निर्वाचित भए । महासचिवमा प्रतीक बहादुर खत्री, सचिवहरुमा उत्तमबाबु भट्टराई, उत्सव पाठक निर्विरोध रहदाँ कोषाध्यक्षमा कृष्ण अग्रवाल निर्वाचित रहे । सदस्यहरुमा सृजना तामाङ, वचन कार्की निर्वाचित भए ।
निर्वाचन लगत्तै बसेको कार्यसमितिको पहिलो बैठकले सचिवमा सुदर्शन नेपाल, सह कोषाध्यक्षमा मनिषा तामाङ, सदस्यमा सत्य थापालाई मनोनित गरेको छ । साधारण सभाले संघको विधान संशोधन गर्दै वार्षिक नीति, कार्यक्रम पारित गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गरेको साधारण सभाका ई स्पोर्ट्स संघका अध्यक्ष अन्जन धमला, नेपाल क्लाईम्बिङ संघका अध्यक्ष रमेश पौडेल र नेपाल स्केटिङ संघका अध्यक्ष अच्युत खनालले शुभकामना मन्तव्य दिएका थिए ।
संघको नेतृत्वमा निर्वाचित भएपछि अध्यक्ष भट्टराईले पहिलो पटक प्रदेश संघलाई सम्पुर्ण अधिकार हस्तान्तरण गर्ने केन्द्रिय संघको रुपमा नयाँ कामको थालनी भएको बताए । उनले प्रदेश संघलाई सक्रिय र बलियो बनाएर लैजाने ढाचामा फेडेरेसनले काम गर्ने बताए । उनले महासंघलाई अल्पाईन, नेचर र एडभेन्चर खेल संघको रुपमा अघि बढाउने प्रतिबद्धता ब्यक्त गरे ।