बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

जीवनरामको हारगुहार, सदस्यताको 'नयाँ फन्डा' 

सोमबार, ०१ पौष २०८१खेलपाटी संवाददाता
जीवनरामको हारगुहार, सदस्यताको 'नयाँ फन्डा' 
Loading ad...
mustang rice ad

काठमाडौं । विधान संशोधन गरेर तेस्रो पटक अध्यक्ष बन्ने विवादास्पद निर्णय गरेका नेपाल ओलम्पिक कमिटि एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले अदालत पुगेका खेलकुद संघहरुलाई सदस्यता दिने नयाँ कार्ड फालेका छन् । 

कुनै पनि हालतमा तेस्रो पटक अध्यक्ष बन्ने दाउमा रहेका जीवनरामले आफैले घोषणा गरेको चुनावको बिचमा संघहरुलाई सदस्यता बाँड्न भन्दै एनओसीको बोर्ड बैठक बोलाएका छन् । बैठकमा नयाँ सदस्यता सम्बन्धि एजेण्डालाई उनले समावेश गरेका छन् । 

ओलम्पिक स्रोतका अनुसार अदालत पुगेका संघहरुलाई एसोसियट प्रकारको सदस्यता दिने जीवनरामको तयारी छ । अदालतको आदेश अवज्ञा गर्दै नयाँ संघलाई सदस्यता दिने प्रावधानलाई विधान संशोधनमार्फत जटिल बनाएका जीवनरामले सदस्यताको नयाँ कार्ड फालेका छन् । 

जीवनरामको विधान संशोधनको प्रयासलाई अन्तराष्ट्रिय ओलम्पिक कमिटि आईओसीले समेत प्रश्न गर्दै अदालतको मुद्धाको विषयमा प्रस्ट पार्न गत आईतबार निर्देशन दिएको थियो । अदालतको विषय स्पष्ट नभएसम्म विधान संशोधन सहित अन्य कुनै विषयको जवाफ नदिने आईओसीको भनाई थियो । 

आईओसीलेनै अदालतको विषयमा प्रस्ट पार्न भनेपछि जीवनरामले अदालत पुगेका नेपाल रग्वी संघ सहितका चार खेलकुद संघलाई खुसी पार्न एसोसियट मेम्बरसिपको नयाँ ‘मसला’ बाहिर ल्याएका हुन् । 

नेपाल रग्वी सहित चार संघले आफुहरुलाई ओलम्पिकले सदस्यता नदिएको भन्दै उच्च अदालत पाटनमा मुद्धा दायर गरेका थिए । अदालतमा संघहरुको मुद्धासँगै ओलम्पिकले नयाँ सदस्यता प्रकृयालाई अझ जटिल बनाउने गरी विधान संशोधनको तयारी गरेको थियो । सो रोक्न माग गर्दै नेपाल रग्वी संघ सहित चार संघले अदालतमा पुन रिट हालेका थिए । रिटमाथि अदालतले सुनुवाई गर्दै विधान संशोधन कार्य रोक्न नेपाल ओलम्पिक कमिटिलाई आदेश दिएको थियो । अदालतको आदेशको अवज्ञा गर्दै जीवनराम श्रेष्ठले जबर्जस्ती विधान संशोधनको निर्णय गराएका थिए । जीवनरामको सो कदमका विरुद्ध अदालतमा अवहेलनाको मुद्धा दायर भएको छ । अदालतले अवहेलनाको मुद्धामा नेपाल ओलम्पिक कमिटिलाई कारण देखाउ आदेश जारी गरेको छ । अवहेलनाको मुद्धामा अदालतको अन्तिम आदेश आउन बाँकी छ । 
कार्यसमितिकै पदाधिकारी र राष्ट्रिय खेलकुद परिषद्को आग्रहलाई वेवास्ता गर्दै अदालतको आदेशविरुद्ध जीवनराम सहितका २० जनाले संशोधनको निर्णयमा हस्ताक्षर गरेका थिए ।

अदालतलाई अटेर गर्दै विधान संशोधन गराएका जीवनरामले सो प्रस्ताव अन्तराष्ट्रिय ओलम्पिक कमिटिमा स्वीकृतिका लागि पठाएका थिए र नयाँ निर्वाचनको मिति पुस १३ गते तोकेका थिए । तर अन्तराष्ट्रिय ओलम्पिक कमिटिले अदालतको विषयमा चासो राख्दै विधान संशोधनको विषयलाई अस्विकार गरेपछि जीवनरामले नयाँ सदस्यताको फन्डा बाहिर ल्याएका छन् ।

नेपाल रग्वी संघका अध्यक्ष दिपक देवकोटालाई संघहरुलाई अलमल गराउन एसोसियटको प्रस्ताव बाहिर आएको हुन सक्ने खेलपाटीलाई बताए । ‘मैले पनि अप्रत्यक्ष रुपमा सुनेको छु । तर हाम्रो माग पूर्ण सदस्यताका लागि हो ।’ उनले भने, नेतृत्वमा बस्न उहाँले (जीवनराम)ले जतिनै तिकडम गरेपनि गुम्ने उहाँकै मात्र हो ।’ 

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना