क्लबले बुझे बक्यौता, ‘बी’ लिगको तयारी सुरु

काठमाडौं। ‘बी’ डिभिजनका फुटबल क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा)बाट पाउनुपर्ने बक्यौता रकम बुझेका छन्।
क्लबहरूले बक्यौता बुझेपछि यस वर्ष ‘बी’ डिभिजन लिग हुने आशा पलाएको छ। एन्फा प्रवक्ता सुरेश साहका अनुसार ‘बी’ डिभिजनका १४ क्लबले एन्फाबाट लिन बाँकी रहेको रकम बुझेका हुन्। क्लबहरूले एन्फाबाट बाँकी लिन रकमप्रति क्लब ६ लाख ५० हजार रुपैयाँ थियो।
योसँग पुरानो लिग अन्तर्गत पाउनुपर्ने १२ लाख ५० हजार रुपैयाँको सम्पूर्ण दायित्व पूरा भएको एन्फाले जनाएको छ। एन्फाले आगामी माघ १३ देखि ‘बी’ डिभिजन लिग सुरु गर्ने तयारी गरेको छ।
नयाँ सिजनको लिगका लागि झापा फुटबल क्लब, प्यानिङ बोइज युनाइटेड, भगवती क्लब, वीरगञ्ज युनाइटेड, बाँसबारी क्लब र श्री कुमारी क्लबले तयारीबापतको पहिलो किस्ताको रकम आठ लाख ७० हजार रुपैयाँसमेत लिएको एन्फाले जनाएको छ। एन्फाले यस वर्ष ‘बी’ डिभिजन क्लबलाई तयारी खर्चबापत १४ लाख ५० हजार रुपैयाँ दिनेछ।
एन्फाको आन्तरिक विवादका कारण गत वर्ष हुनुपर्ने ‘बी’ डिभिजन लिग हुन सकेको थिएन। क्लबले बक्यौता रकम बुझेसँगै निर्धारित समयमै लिग हुने आशा पलाएको छ।













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)