शुक्रबार, ०१ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

राष्ट्रिय ‘बी’ चेसमा नायुमाको उत्कृष्ट सुरुआत

मंगलबार, १८ मंसिर २०८१खेलपाटी संवाददाता
राष्ट्रिय ‘बी’ चेसमा नायुमाको उत्कृष्ट सुरुआत
Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय ‘बी’ चेस च्याम्पियनसिपको पहिलो दिन मंगलबार अनरेटेड खेलाडी नायुमा मगरले दुवै खेल जितेर उत्कृष्ट सुरुआत गरेकी छन् । उनीसँगै महिलातर्फ चार र पुरुष सात खेलाडीले सुरुआती दुवै चरणमा जित हात पारे ।

भक्तपुरस्थित नङ्खेलमा आयोजित प्रतियोगितामा महिलातर्फ हिमालयन चेस एकेडेमीकी नायुमासँगै काठमाडैंकी विनिता कपाली, झापाकी पुनम प्रसाइँ र ईशा गिरिले दुवै खेल जितेर समान २–२ अंक जोडेका हुन् ।

१० वर्षीया नायुमाले चितवनकी १५७० रेटेड उजिभानी कँडेलविरुद्ध एक अंक खोस्दै फिडे रेटिङमा नाम लेखाउने पक्का गरिन् । त्यसपछि उनले हिमालयन चेस एकेडेमीकै ज्योत्स्ना महर्जनलाई पनि पराजित गर्दै २ अंक बनाएकी हुन् । उनले तेस्रो चरणमा १५८८ रेटेड ईशाको सामना गर्नेछिन् । ईशाले पहिलो दिन श्रीशा दुवाल र निहाना श्रेष्ठविरुद्ध पूरा अंक हासिल गरिन् ।

क्लासिकल चेसको पाँच दिने प्रतियोगिताको पहिलो चरणमा १६५२ रेटेड विनिताले एन्जल महर्जन र दोस्रोमा लक्ष्मी कँडेललाई पराजित गर्दै सुखद् सुरुआत गरिन् । उनले तेस्रो चरणमा १५२८ रेटेड पुनमविरुद्ध खेल्नेछिन् । पुनमले माथिल्लो वरीयताकी शान्तिम धिमाल (१६७८ रेटिङ) र सुशीला गुरुङ (१६०१) लाई पराजित गर्दै उत्कृष्ट सुरुआत गरेकी छिन् ।

पहिलो चरणमा बाई पाएकी निहानासँगै शान्ति, सुशीला, उजिभानी, लक्ष्मी कँडेल र एन्जल समान १ अंकसहित शीर्ष १० मा छन् । 

पुरुषतर्फ पहिलो दिन फिडे मास्टरद्वय रिजेन्द्र राजभण्डारी र रुपेश जैसवाल, क्यान्डिडेट मास्टर मिलन लामासहित पुरुषोत्तम सिलवाल, आशिष फुयाँल, धीरेन राई र सानुराज बज्राचार्यले सुरुआती दुवै चरणका खेल जितेर २–२ अंक बनाएका छन् ।

स्वीस प्रणालीको आधारमा सञ्चालित प्रतियोगितामा महिलातर्फ सात र पुरुषतर्फ नौ चरणमा प्रतिस्पर्धा हुनेछ  । महिलातर्फ १७ र पुरुषमा ४० खेलाडी सहभागि छन् । दुवै स्पर्धामा शीर्ष नौ खेलाडी राष्ट्रिय ‘ए’ चेस च्याम्पियनसिपमा छनोट हुनेछन्, जुन माघ दोस्रो साता हुने बताइएको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
विपक्षीलाई थप्पड हानेपछि विवादमा तानिए बेलिङ्घम

विपक्षीलाई थप्पड हानेपछि विवादमा तानिए बेलिङ्घम

इंग्ल्यान्डविरुद्धको जित म्याराडोनाप्रति समर्पित

इंग्ल्यान्डविरुद्धको जित म्याराडोनाप्रति समर्पित

उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

जर्सी विरुद्धको सिरिज "क्लिनस्विप"

जर्सी विरुद्धको सिरिज "क्लिनस्विप"

इङ्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा

इङ्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा

नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा सम्पन्न

नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा सम्पन्न

उषा अन्नपूर्ण स्पाइकरको ब्राण्ड एम्बासडर

उषा अन्नपूर्ण स्पाइकरको ब्राण्ड एम्बासडर

जापानलाई हराउँदै नेपाल अन्तिम ४ मा

जापानलाई हराउँदै नेपाल अन्तिम ४ मा