बिहिबार, २२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

ओलम्पिकविरुद्ध अदालतमा अपहेलनाको मुद्धा

मंगलबार, १८ मंसिर २०८१खेलपाटी संवाददाता
ओलम्पिकविरुद्ध अदालतमा अपहेलनाको मुद्धा
mustang rice ad

काठमाडौं । विधान संशोधन गर्ने नेपाल ओलम्पिक कमिटिको निर्णयविरुद्ध ६ वटा खेल संघले अदालतमा अपहेलनाको मुद्धा दायर गरेका छन् । मंगलबार एक संयुक्त बिज्ञप्ति जारी गर्दै ६ खेल संघका अध्यक्ष र महासचिवले विधान संशोधन गर्ने ओलम्पिक र अन्तराष्ट्रिय ओलम्पिक कमिटि आईओसीको ईथिक्स कमिसनमा मुद्धा जाहेर गरिएको बताएका छन् ।

नेपालको कानुन विपरित नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले विधान संशोधन गर्दै तेस्रो कार्यकाल अध्यक्ष बन्ने कोशिश गरेपछि खेलकुदमा नयाँ विवाद उत्पन्न भएको छ । साधारण सभाबाट विधान संशोधन गर्ने ओलम्पिकको निर्णयले सदस्यता माग गरिरहेका खेलकुद संघलाई क्षति पुग्ने भन्दै उच्च अदालत पाटनले सोमबार संशोधन रोक्न आदेश दिएको थियो । तर अदालतको अन्तरिम आदेशविरुद्ध ओलम्पिकको मंगलबार बसेको बैठकले जबर्जस्ती विधान संशोधन गर्ने निर्णय गरेको छ ।

साधारण सभामा पदाधिकारी र सदस्यहरुको चर्को विरोध र असन्तुष्टिका बाबजुत वर्तमान अध्यक्ष श्रेष्ठले विधान संशोधनको निर्णय गराएका छन् । उनले चुनाव हारेका, खेलकुद संघको निर्वाचन गर्न नसकेका र खेलकुद गतिविधि गर्न नसक्ने संघहरुको साथ लिएर कानुन विपरित एनओसीको विधान संशोधनको निर्णयलाई पारित गराएका हुन् । 

नेपाल रग्वी संघका अध्यक्ष दीपक देवकोटाले नेपाल सरकार र राज्यलाई गुमराहमा राखेर विधान संशोधन गर्ने निर्णयविरुद्ध अदालतमा अपहेलनाको मुद्धा दायर गर्ने र अन्तराष्ट्रिय ओलम्पिक कमिटिलाई अपिल गरिने बताए । ओलम्पिकको निर्णयले उच्च अदालत पाटनको अपहेलना र मानहानी भएको देवकोटाले उल्लेख गरे । 

ओलम्पिकमा समावेश खेल संघहरुले सदस्यताको माग गर्दै लामो समयदेखि नेपाल ओलम्पिक कमिटिसँग आग्रह गर्दै आएका थिए । तर एक तिहाई खेल संघलाई बाहिर राखेर ओलम्पिक सञ्चालन गर्दै आएका एनओसी अध्यक्ष श्रेष्ठले विधान संशोधनमार्फत सदस्यता प्रकृयालाई अझ जटिल बनाएका छन् । एनओसी अध्यक्ष श्रेष्ठले नेपालको राष्ट्रिय खेलकुद विकास ऐन २०७७ सँग बाँझिने गरी दुई कार्यकालको व्यवस्था लगायतका एजेण्डालाई विधानबाट संशोधन गराएका छन् । नेपाल सरकारको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषदले साधारण सभा रोक्न निर्देशन दिएपनि एनओसीले जबर्जस्ती मंगलबार साधारण सभा सम्पन्न गरेको छ । 

ओलम्पिकले सदस्यता नदिएपछि नेपाल रग्वी संघ, नेपाल घोडचढी संघ, नेपाल बेसबल संघ तथा नेपाल स्केटिङ संघले आबद्धताको माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेर आन्दोलनमा उत्रिएका छन् । 
 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

Bajaj Pulsar Motorcycle Ad
रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

‘लेगेसी’ को परीक्षामा श्रीलंका

‘लेगेसी’ को परीक्षामा श्रीलंका

पुलिस र हुमो भिड्दै

पुलिस र हुमो भिड्दै

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

बलियासामु निरीह नेपाल

बलियासामु निरीह नेपाल

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

 भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक