अदालतको अवहेलना गर्दै विधान संशोधन
मंगलबार, मंसिर १८, २०८१खेलपाटी संवाददाता

काठमाडौं । विधान संशोधन रोक्न उच्च अदालत पाटनले दिएको अन्तरिम आदेशविरुद्ध नेपाल ओलम्पिक कमिटि एनओसीको साधारण सभाले विधान संशोधन गरेको छ ।
मंगलबार बिहान एनओसी भवनमा बसेको साधारण सभाले विधान संशोधनको निर्णय गरेको हो ।
सदस्यताको माग गर्दै अदालत गएका नेपाल रग्वी संघ सहित चार खेल संघको रिटमाथि सुनुवाई गर्दै अदालतले विधान संशोधन रोक्न अन्तरिम आदेश दिएको थियो ।
आदेशको अपहेलना गर्दै एनओसीको साधारण सभाले विधान संशोधनको निर्णयलाई पारित गराएको छ । विधान संशोधन गरेर तेस्रो पटक अध्यक्ष बन्ने दाउमा रहेका जीवनराम श्रेष्ठले मंगलबार साधारण सभा बैठक बोलाएका थिए ।













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)