ओलम्पिक चुनाव : संशोधनको विपक्षमा महासचिव !

काठमाडौं । नेपाल ओलम्पिक कमिटि एनओसीका महासचिव निलेन्द्र राज श्रेष्ठ चुनावको मुखमा विधान संशोधन गर्ने प्रकृयाको विपक्षमा उभिने भएका छन्। एनओसीको आसन्न चुनावमा अध्यक्षमा उठ्ने घोषणा गरेका महासचिव श्रेष्ठले विधान संशोधन गर्ने पछिल्लो बोर्ड बैठकको विपक्षमा उभिने निर्णय गरेका हुन् ।
चुनावको संघारमा विधान संशोधन गरेर तेस्रो पटक अध्यक्ष लड्ने तयारी वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठले गरेपछि एनओसीभित्र विभाजन सुरु भएको छ । विधान संशोधनको विषय विशेष साधारण सभाबाट टुङ्गो लगाउने एनओसीको तयारी छ ।
अन्तराष्ट्रिय ओलम्पिक कमिटि आईओसीले चुनावको मुखमा विधान संशोधन ठिक नहुने राय सहित साधारण सभाबाट प्रस्ताव ल्याउन एनओसीलाई सुझाव दिएको थियो । सोही अनुसार एनओसीले आगामी मंसिर १८ गते विशेष साधारण सभा बैठक बोलाएको छ । दुई तिहाईबाट पारित गराएर आईओसीबाट विधान स्वीकृत गराउने वर्तमान अध्यक्ष श्रेष्ठको तयारी छ ।
विधान संशोधन गर्ने एनओसीको पछिल्लो बोर्ड बैठकमै उपाध्यक्ष सुनिल कुमार श्रेष्ठ र सदस्य दीर्घबहादुर केसी कुमारले नोट अफ डिसेन्ट लेखेका थिए । लगत्तै महासचिव श्रेष्ठले अध्यक्ष श्रेष्ठको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आसन्न चुनावमा नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेका थिए ।
‘मैले अध्यक्ष लड्ने घोषणा गरेपछि स्वत विधान संशोधनको विपक्षमा मेरो मत रहन्छ ।’ श्रेष्ठले खेलपाटीसँग भने, ‘अब पुरानै तरिकाबाट ओलम्पिक अघि बढ्न सक्दैन, नेपालको ओलम्पिक मुभमेन्ट परिवर्तन चाहेको छ ।’
वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ एनओसीभित्र अध्यक्षको दुई कार्यकालको व्यवस्थालाई हटाएर तेस्रो कार्यकाल चुनाव लड्ने प्रकृयामा अघि बढेका छन् । साथै उनले ७० वर्षको उमेर हदलाई हटाएर ओलम्पिकबाट बाहिरने प्रकृयामा रहेका आफु निकटका आधा दर्जन बढी खेल संघका अध्यक्षलाई संरक्षण गर्न खोजेका छन् । विधान संशोधन गर्ने एनओसीको पछिल्लो कदम राष्ट्रिय खेलकुद विकास ऐन २०७७ र नियमावली २०७९ विपरित देखिन्छ । विधान संशोधन गरेर आजीवन नेतृत्वमा रहने एनओसी अध्यक्षको चाहानाले नेपाली खेलकुद पुन विवादको भुमरीमा फस्ने ओलम्पिकका एक पदाधिकारी बताउँछन् ।













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)