काठमाडौं । एपीएफ क्लबका एलेन महर्जनले प्रथम एन्टा कप राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगिताको यु–१० ब्वाइज सिंगल्समा आइतबार स्वर्ण जितेका छन् ।
राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौरमा भएको फाइनलमा एलेनले काठमाडौंका एड्रियन शाहीलाई ८–११, ११–९, ११–९ र ११–८ को सेटमा पराजित गरे । काठमाडौंका उज्ज्वल मानन्धर तथा ललितपुरका कृष्णबहादुर महरा संयुक्त रुपमा तेश्रो भए ।
उक्त स्पर्धाको गल्र्समा काठमाडौंकी पूजा सोती च्याम्पियन बनिन् । फाइनलमा पूजाले भक्तपुरकी क्यारिना सुवाललाई ७–११, ११–७, ११–५ र ११–५ को सेटमा हराइन् । ललितपुरकी अनामिका कस्ती र सुनसरीकी सुलेखा ठाकुर तेश्रो भए ।
अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको गल्र्स टिम इभेन्टको फाइनलमा भक्तपुरले काठमाडौंलाई ३–२ ले पाखा लगाउदै शीर्ष स्थान हात पा¥यो । रुपन्देही र एपीएफ तेश्रो बने ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुदिल शाहीले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिता मंगलबार सम्पन्न हुनेछ ।