काठमाडौं । दीर्घबहादुर केसी ‘कुमार’ सहित १० जना कांग्रेसको खेलकुद विभाग सदस्यमा मनोनित भएका छन् ।
नेपाल ओलम्पिक कमिटिका बोर्ड सदस्य तथा अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष रहेका दीर्घलाई समावेश गर्दै कांग्रेसले खेलकुद विभागलाई पूर्णता दिएको छ ।
रुपन्देही जिल्लाबाट दीर्घ सहित मोरङबाट माधवराज भण्डारी, सप्तरीबाट कानन चौधरी, काठमाडौंबाट राजीव श्रेष्ठ, कास्कीबाट गोपी भट्टराई, सुर्खेतबाट रेशमबहादुर गुरुङ, कन्चनपुरबाट भानबहादुर चन्द, काठमाडौंबाट गोमादेवी पौडेल, झापाबाट दिपराज गुरुङ र काठमाडौंबाट बिक्रम खड्गी मनोनित भएका छन् ।
कांग्रेसले यसअघि खेलकुद विभागको प्रमुखमा उमेशजंग रायमाझीलाई मनोनित गरेको थियो । कंग्रेस विधान अनुसार सभापति शेरबहादुर देउवाले ११ सदस्यीय विभागलाई पूर्णता दिएका छन् ।